२०८३, २९ असार मंगलबार

इन्जिनको आयु बढाउने ‘नानो इनरजाइजर’ अब नेपालमा बिक्रीमा

इन्जिनको आयु बढाउने ‘नानो इनरजाइजर’ अब नेपालमा बिक्रीमा


काठमाडौं । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा विकसित नानो इनरजाइजर अब नेपालमा बिक्री वितरणमा आएको छ। अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि नेपालका विभिन्न शहरहरूमा यो उत्पादन उपलब्ध गराउँदै आएको छ।

यो उत्पादन प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको छ र विश्वकै अग्रणी नानो प्रविधि प्रयोग गरेर निर्माण गरिएको हो। कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठका अनुसार, नानो इनरजाइजरले इन्जिनलाई दीर्घकालीन सुरक्षा प्रदान गर्दै प्रभावकारी रूपमा पुनःस्थापना गर्दछ।

उपयोगकर्ताहरूलाई हुने मुख्य फाइदा :

  • इन्धन खपत ५ -२० प्रतिशतसम्म बचत।
  • कार्बन उत्सर्जन ३-९ गुणासम्म कम।
  • स्टील भन्दा २० गुणा बलियो र उच्च ताप प्रतिरोध।
  • प्रयोगपछि ३०,००० किलोमिटर वा दुई वर्षसम्म इन्जिनको आयु कायम।

प्रयोग विधि:
नानो इनरजाइजर ३० एमएलको प्याकमा उपलब्ध छ र सिधै इन्जिन, गियर बक्स र स्टेरिङ बक्समा हाल्न सकिन्छ। यसले पिस्टन र सिलिन्डर भित्ताबीचको घर्षण घटाउँछ र इन्जिन ब्लकलाई चरम अवस्थामा पनि सुरक्षित राख्न सहयोग गर्छ।

कम्पनीले जनाएको छ कि यो प्रविधिले इन्जिनको कार्यक्षमता सुधार्न, दीर्घकालीन टिकाउपन बढाउन र वातावरणमैत्री लाभ प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : २५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित