काठमाडौँ, फागुन १२ गते: काठमाण्डौका स्थानीयबासीले जोरपाटी–सुन्दरीजल सडक यथाशिघ्र कालोपत्र गर्न तीनै तहका सरकारसँग माग गरेका छन् । तीन वर्षअघि रु ८४ करोडमा ठेक्का लागे पनि अझै कालोपत्र शुरु नभएपछि सात किमी लामो सडक जोरपाटी–सुन्दरीजल सडक दबाब समूहले तीनै तहका सरकारलाई हस्ताक्षर सङ्कलन गरी बुझाएको छ । हस्ताक्षर सङ्कलन आज गोकर्णेश्वर नगरपालिकालाई बुझाइएको छ ।…