२०८३, १० भाद्र बिहीबार

बाढीले बगाउँदा दुई जनाको मृत्यु

बाढीले बगाउँदा दुई जनाको मृत्यु


जनकपुरधाम, २८ असार : बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर गाउँपालिका–१ का डेढ वर्षीय विकी यादव रहेका छन् । बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सिरहा कल्याणपुर नगरपालिका–४ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव, महोत्तरी बलवा नगरपालिका–२ बर्दियाका ७० वर्षीय हमिद मियाँ, रौतहट गढिमाई नगरपालिका–६ धरमपुरका ५० वर्षीय आनन्द देवी र पर्साको वीरगञ्ज महानगरपालिका– १३ का १४ वर्षीय अनुप पटेल छन् । यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । रासस

प्रकाशित मिति : २०७६, २८ असार शनिबार  ७ : ५८ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा