२०८३, १९ श्रावण बुधबार

तेमालको टाङटुङ झर्नामा क्यानोनिङको सफल परीक्षण

तेमालको टाङटुङ झर्नामा क्यानोनिङको सफल परीक्षण


काठमाण्डौ २६ असार : काभ्रेको तेमाल गाउँपालिकामा गरिएको हासिक खेल क्यानोनिङको परीक्षण सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६, ठूलोपर्सेलमा रहेको बन्दीबा खोलाको टाङटुङ झर्नामा क्यानोनिङ परीक्षण गरिएको हो ।

बुधबार गरिएको परीक्षणमा क्यानोनिङ गाइडको सहयोगमा गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा र उप प्रमूख दुर्गा माया तामाङले समेत टाङटुङ झर्नामा क्यानोनिङ खेलको मज्जा लिए ।
वडा कार्यालयको आर्थिक सहयोगमा गरिएको परीक्षण सफल भएपछि क्यानोनिङ तेमाल भेगमा पर्यटनहरुका लागि अर्को महत्वपूर्ण पाटोको रुपमा लिइएको छ ।

तेमालको पर्यटन विकासमा क्यानोनिङ खेलले महत्वपूर्ण भूमिका खेल्ने तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह लामाले बताए । ‘गाउँपालिकामा रहेको प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा चिनाउन क्यानोनिङ सफल भएको छ, पालिका प्रमूख लामाले भने ‘यसलाई अझ प्रभावकारि बनाउन प्रचारप्रसारको खाँचो छ, हामी त्यता तिर लाग्छौँ ।’

पालिका उपप्रमूख दुर्गामाया तामाङले क्यानोनिङको तालिम नै दिने गरी योजना बनिरहेको जानकारी दिइन् । ‘हामीले यहाँका युवालाई तालिम दिएर दक्ष बनायौँ भने यहीँका मानिसले रोजगार पाउँछन्, जसले गर्दा तेमालमा आउने पैसा अन्यत्र जादैँन्, हामी कसरी हुन्छ तेमालाई समृद्ध बनाउने ध्याउन्नमा छौँ ।’ उनले तेमालमा साँस्कृतिक पर्यटनसँगै क्यानोनिङ खेललाई पनि प्रवद्र्धन गरेर अघि बढ्दा स्थानीयहरुको आयआर्जनमा समेत बृद्धि हुने बताइन् ।

वडा नम्बर ६ का वडाध्यक्ष बिकु लाल मोक्तानले वडाको मात्रै नभएर सिँगो तेमाल भेगकै पर्यटनलाई क्यानोनिङले जोडेको बताए । उनले परीक्षणका लागि १ लाख रुपैयाँ विनियोजन गरेको समेत बताए । ‘टाङटुङ झर्नालाई हामीले हासिक खेलका रुपमा विकास गर्न खोजेको हौ, उनले भने सफल पनि भयो, अब यसलाई थप ब्यवस्थित योजना बनाएर अघि बढ्ने छौँ ।’

क्यानोनिङ परीक्षणमा ४२ जनाले सहभागिता जनाएका थिए । तेमालमा क्यानोनिङको परीक्षण गर्न प्रशिक्षक रत्नमान तामाङको टोली पुगेको थियो । तामाङले सन् २००६ देखि क्यानोनिङ खेलमा आबद्ध छन् । ‘यो झर्नामा क्यानोनिङको सफल परीक्षण भयो, उनले भने ‘हामी पनि सहयोग गर्छौ, तेमालको पर्यटन विकासलाई ।’ उनले तेमालमा क्यानोनिङ जस्तै हाइकिङ, प्याराग्याइडिङ, र्याप्टिङको समेत उत्तिकै सम्भावना रहेकाले त्यहि अनुसार योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कसरी गरिन्छ क्यानोनिङ ?
क्यानोनिङ गर्ने ब्यक्तिलाई सबैभन्दा पहिला म्याप उपलब्ध गराइन्छ । उनीहरूलाई हेल्मेट, थर्मल सुट, नचिप्लिने खालको जुत्तालगायतका स्पेसल इक्विपमेन्ट उपलब्ध गराइन्छ । र, उसका लागि डोरी फिक्स गरिन्छ । अनि उनीहरूलाई कसरी झर्ने भन्नेबारे ब्रिफिङ गरिन्छ ।

क्यानोनिङका गाईड पनि साथैमा रहन्छन् । विभिन्न ठाउँमा किला गाडेरा डोरी एंकरिङ बनाइएको हुन्छ । त्यसैका आधारमा झरनामा रुझ्दै क्यानोनिङ गरिन्छ । बीचमा पानी जमेको, ताल हुन सक्छ, त्यहाँ चिप्लिने पौडी खेलेर मज्जा लिन सकिन्छ । त्यस्तै, झरना तहतह परेको छ भने डोरी परिवर्तन गर्दा झर्न पनि सकिन्छ ।

प्रकाशित मिति : २०७६, २६ असार बिहीबार  ९ : ०६ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा