गलेश्वर, १२ माघ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जामा हिमपातका कारण विद्युत्का काठेपोल (खम्बा) भाँचिएपछि शुक्रबार रातिदेखि गाउँ नै अन्धकार बनेको छ । केही दिनअघिदेखिको चिसो र शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण मङ्गलाका बरञ्जा, झाँक्रीपानी र छेउछाउका बस्तीमा विद्युत् लाइन प्रसारणका लागि गाडिएका ४५ वटा काठे पोल (खम्बा)मध्ये ३२ वटा पोल भाँचिएका र तार चुँडिएपछि…