२०८३, ३० असार बुधबार

चार लाखसहित ३९ जुवाडे पक्राउ

राँझा, २४ असोज: बाँकेमा दशैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई रु. चार लाखसहित प्रहरीले पक्राउ गरेको छ । दशैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन लाख ९७ हजार १५३ सहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका…