२०८३, १९ श्रावण बुधबार

सिन्धुपाल्चोकको गुम्बाका कम्तिमा २ सय जना बिरामी

सिन्धुपाल्चोकको गुम्बाका कम्तिमा २ सय जना बिरामी


धुलिखेल, २९ माघः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा कम्तिमा २ सय जना ब्यक्तिमा एउटै रोगको लक्षण देखापरेको छ । गुम्बामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा माघ २३ गतेदेखि बिरामीको संख्या बढेको थियो । तर पछि सिँगो गाउँ नै प्रभावित बनेको हो । स्थानीयहरुमा रुघाखोकी र अत्याधिक ज्वरो आउने लक्षण देखिएको सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख अहेब हिक्मत जिसीले बताए । ‘माघ २३ गतेदेखि नै सामुदायिक स्वास्थ्य ईकाईमा बिरामीको संख्या बढ्दै गएको थियो, दिनप्रतिदिन बढ्दै गएपछि मैले पालिकाको स्वास्थ्य शाखामा जानकारी गराए, अहेब जिसीले भने ‘सबैमा एउटै खालको लक्षण देखा परेको छ ।’

गाउँका करिब दुईसय जनामा एउटै लक्षण देखिएपछि पालिकाका स्वास्थ्य संयोजक अनिल साउत नेतृत्वको टोली गुम्बा पुगेको छ । हिजो दिउँसोबाटै टोलीले उपचार थालेको संयोजक अनिल साउतले टेलिफोनमा जानकारी दिए । अहिले संयोजक साउत, सामुदायिक स्वास्थ्य ईकाई प्रमुख र गुम्बा स्वास्थ्य चौकीका प्रमुख उपचारमा खटिएका छन् । ‘हामीले उपचार गर्दै घरमा पठाउँदै गरेका छौँ, संयोजक साउतले भने ‘यहाँ राखेर उपचार गर्न मिल्ने ठाउँ छैन, किन भने धेरै संख्यामा बिरामी हुनुहुन्छ ।’

पालिकाले वडा नम्बर ३ गुम्बामा केहि महिना अघि मात्रै सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको थियो । वडाको पाङ्र्पुमा स्वास्थ्य चौकी छ । तर त्यहाँसम्म जान स्थानीयलाई कम्तिमा २ घण्टा हिड्नु पर्ने भएकाले पालिकाले सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको हो ।

थप मद्दतका लागि जलबिरे प्राथमिक स्वास्थ्य चौकीका डाक्टर सहितको टोली लिएर गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ गुम्बा जादैँ छन् । पालिकाले रोगको पहिचानका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलाई पत्र लेखेको छ । रोग प्रभावित क्षेत्रमा पालिकाले आफ्नो सामथ्र्य र स्रोतसाधनले भ्याएसम्मको काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘थप मदतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहयोग मागेका छौँ ।’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार थप औषधी र मास्क लगाएतका सामाग्री संकलन गर्ने काम पनि भइरहेको छ । पालिकाले मंगलबार संघीय सरकारलाई एउटा पत्र लेख्दैँ अस्ति सोमबारदेखि छिमेकी मुलुक चीनमा देखिएको नोबेल कोरोना भाईरससँग तुलना गर्दै गुम्बा क्षेत्रमा रुघाखोकी र अत्याधिक ज्वरोको लक्षण देखिएको बताएको छ ।

चीनमा सयौँको ज्यान लिइसकेको कोरोना भाईरसँग तुलना गरेर पालिकाले मन्त्रालयमा विज्ञ टोलीको माग सहित पत्र लेखेपछि सामाजिक सञ्जालमा गाउँपालिकाको तीब्र टिप्पणी भएको छ । कुनै विज्ञहरुको प्रमाण बिना नै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भनेर पालिकाले आफ्नो लेटर हेडमा पत्र पठाएपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको हो ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  ९ : ०९ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा