२०८३, १९ श्रावण बुधबार

धुलिखेल नगरपालिकामा राजस्व र पाँचखाल नगरपालिकामा घटना दर्ता अनलाइनबाटै

धुलिखेल नगरपालिकामा राजस्व र पाँचखाल नगरपालिकामा घटना दर्ता अनलाइनबाटै


धुलिखेल, ६ फागुनः काभ्रेको धुलिखेल नगरपालिकाले ७ वटा वडा कार्यालयबाट कम्प्युटर प्रणाली मार्फत राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको छ । पालिकाले २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडाबाट राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

धुलिखेल नगरपालिकाले नगरभित्रको सबै तथ्याङ्क ब्यवस्थापन गर्न आफ्नो छुट्टै सर्भर समेत तयार गरेको छ । वडास्तरमा स्थानीयले बुझाएको राजस्व नगरपालिकाको सर्भरसँग जोडिएको छ ।

वडाबाटै तिर्न सकिने राजस्व सफ्टवेयरका बारे वडा सचिवहरुलाई तालिम दिएर दक्ष बनाइएको नगरप्रमुख ब्याञ्जुले बताए ।पालिकाले नगरबासीका लागि आफुले तिर्नु पर्ने करको विवरण आफैले हेर्न सकिने ब्यवस्था समेत मिलाएको छ ।

यसैबीच पाँचखाल नगरपालिकाले अनलाईनबाटै घटना दर्ता गर्न सकिने ब्यवस्था गरेको छ । सबै वडा कार्यालयबाट अनलाईन घटना दर्ता प्रणाली सुरु गरेको नगरपालिकाले सर्वसाधरणका लागि समेत अनलाईन फारमको ब्यवस्था गरेको हो ।

जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेदका घटना अब अनलाईनबाटै दर्ता गर्न सकिने शाखा अधिकृत राजेश बञ्जराले बताए । शाखा अधिकृत बञ्जराका अनुसार अनलाईमा सुचना भरेपछि ५ अंकको मोबाईल टोकन नम्बर प्राप्त हुनेछ । त्यहि नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा ३० दिनभित्र निवेदकले सम्पर्क गर्नुपर्नेछ ।

पाँचखाल नगरपालिकाले राजस्व पनि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेको छ । १३ वटै वडा कार्यालयबाट अनलाइन मार्फत राजस्व बुझाउन सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ६ : ०९ बजे

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका