काठमाडौँ, ५ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै उहाँले…