२०८३, २९ भाद्र मंगलबार

नुवाकोटमा आधुनिक इँटा उद्योग सञ्चालनमा

नुवाकोटमा आधुनिक इँटा उद्योग सञ्चालनमा


काठमाण्डौ ५ असोज : नुवाकोटको लिखु गाउँपालिका–१ मुरलीटारमा भैरवीमाई इँटा उद्योग प्रालि सञ्चालनमा आएको छ । विद्युतीय उकरणमार्फत उत्पादन हुने भएकाले इँटाको गुणस्तर नेपालमै उच्च कोटीमा रहेको उद्योगको दाबी छ ।

चिनियाँ प्रविधि र जनशक्तिमार्फत निर्माण गरिएको आधुनिक इँटा उद्योगले आजदेखि नियमित उत्पादन शुरु गरेको प्रालिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार “उद्योगको उत्पादन प्रविधि र उपकरणका सहायताबाट गरिएको छ भने धुवाँ र मानवीय श्रममुक्त भएकाले उद्योग वातावरणमैत्री रहेको छ”, उहाँले भन्नुभयो, “माटो खन्नेदेखि उत्पादनसम्मका सबै काम प्रविधि र उपकरणको सहायताबाट हुन्छ । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा उपभोक्तालाई हाल बजारको मूल्यभन्दा सस्तो, आकारमा ठूलो र गुणस्तरीय उत्पादनसमेत दिइनेछ ।”

इँटा उद्योगमा हुने बालश्रम तथा श्रमशोषण विकराल रहेको अवस्थामा सञ्चालनमा आएको यस उद्योगले ती समस्या समाधान गर्ने विश्वास लिइएको छ । विद्युतीय टनेलमार्फत तयार गरिने हुँदा इँटा उत्पादनका क्रममा आउने धुवाँले वातावरणमा पु¥याउने समस्या र इँटा पोल्न काठका लागि हुने जङ्गल फँडानीसमेत निवारण हुने उद्योगले जनाएको छ ।

उद्योग सञ्चालक समितिका सदस्य नारायणमान श्रेष्ठका अनुसार हाल सञ्चालमा रहेका अन्य इँटा उद्योगले हिउँदको समयमा मात्र चल्ने, बादल र वर्षाबाट उत्पादन प्रभावित बन्ने भए पनि भैरवीमाई उद्योग बाह्रै महीना चलाउन सकिनेछ । यहाँ उत्पादन भएका इँटा काठमाडाँै उपत्यका सहित चितवन, हेटौँडा, पोखरालगायतका स्थानसम्म पहुँच राख्नसक्ने सञ्चालकको दाबी छ । हाल ८० रोपनी जग्गामा फैलिएको आधुनिक संरचनामा निर्मित उक्त उद्योगमा रु ३५ करोड लगानी रहेको छ । RSS

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  १ : २१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक