२०८३, २१ भाद्र सोमबार

सास्तीको झोंकमा, काभ्रेको पाँचखालमा कोदो रोपेर सरकारको विरोध

सास्तीको झोंकमा, काभ्रेको पाँचखालमा कोदो रोपेर सरकारको विरोध


पाँचखाल ९ असोज :  काभ्रेका पाँचखाल नगरपालिकाका स्थानीय बासिन्दाले सडकमा कोदो रोपेर स्थानीय सरकारको विरोध गरेका छन् । पाँचखाल नगर सरकारले स्थानीयहरुसँग सहमति नगरी आफूखुसी मनपरी डोजर चलाएपछि उनीहरुले यसरी विरोध जनाएका हुन् ।

हिन्दुहरुको महान पर्व वडादशैँ नजिँकीँदै गर्दा स्थानीय सरकारले जनभावन विपरित मनलाग्दी गरेकाले हामीले बाटोमा कोदो रोपेर स्थानीय सरकारलाई खबरदारी गर्नु परेको स्थानीयले बताएका छन् । मङ्लबार पाँचखाल नगरपालिकाको वडा नं. ५ मा पर्ने शाखा बाटो भमरकोटका स्थानीय उपभोक्ताले आफूहरुबाट उठाएको करको दुरुपयोग गरेको आरोप स्थानीय सरकारलाई लगाएका छन् । ‘स्थानीयसँग सहमति नगरी आफूखुसी जनप्रतिनिधिले डोजर लगाएर बजेटको दुरुपयोग गरेकोले हामीले कोदो रोपेर खबरदारी गरेका हौं,’ पाँचखाल भमरकोटका एक स्थानीयले खबरघरलाई बताए ।

बिरोधमा सहभागी बृद्व नानीमैयाँ श्रेष्ठले भनिन, ‘भोट माग्न आउँदा पिच (कालोपत्रे) गर्छाैं आमा भनेका थिए । त्यसरी भोट माग्ने नेता निर्वाचित भएर गएपछि फर्केर नहेरेकोले अहिले हामीलार्य बाटो हिड्न मुस्किल छ ।’ उनले थपिन– ‘हामीले देको भोटले जनताको हैन आफ्नै विकास पो गरेछन ।’

सडकले अचाक्ली समस्या थपिरहेपछि सडकमै कोदो रोप्न सहभागीहरुले पाँचखालका मेयर, वडाअध्यक्ष, अन्य जनप्रतिनिधि र राजनीतिकर्मीहरु कहाँ छन् भन्ने प्रश्न गरेका थिए । बिरोधमा सहभागी युवा अनील सापकोटाले जनता झुक्याउने र पक्षपातको राजनीतिले पाँचखाल नगरपालिकाको वडा नं. ५ विकासमा पछि परेको बताए । बिरोध मै सहभागी स्थानीय सुबास श्रेष्ठले जनताको सूचनाको हकलाई स्थानीय सरकारले कुण्ठित गरेको बताएका छन् । स्थानीय सरकारले आफूखुसी र आफ्नालाई मात्रै राखेर उपभोक्ता समिति बनाउने गरेको उनीहरुको आरोप छ । आफ्नै मान्छे राखेर उपभोक्ता समितिको गठन गर्ने अनि आफैं निरीक्षणमा जाने । पाँचखालमा यसरी बजेटको दुरपयोग गरिएको छ, विरोधमा सहभागीले भने ।

पाँचखाल नगरपालिकाले अनावश्यक स्थानमा समेत बजेट स्थानान्तरण गर्ने गरेको समेत उनीहरुको आरोप छ । यसरी व्यवस्था गरिएको बजेटलाई खर्च गरिसिध्याउन आफूखुसी डोजर लगाएर स्थानीय जनतालाई दुःख र सास्ती दिने गरिएको छ । स्थानीयको प्रश्न छ, यही हो त सुशासन, मेयरसाप ?

स्थानीय कृषक उत्तम सापकोटा, दिपक अधिकारी लगायतले नगरको कृषी नगर नारामा मात्रै सीमित रहेको र स्थानीय सरकार सुबिधा मुखी भएको बताए । उनीहरुका अनुसार कृषकलाई चौतर्फी रुपमा दुःख दिइएको छ । विरोधमा सहभागी सापकोटा चुनावमा घोषणा गरे अनुसार कुनै काम नभएको बताउँछन् । चुनाव जित्नका लागि त सिंचाई पानी पिच बाटो, कृषिमा सहयोग दिने आशा देखाइएको थियो । तर त्ये कुनै पनि व्यवहारमा देखिएन, उनले भने । उनी जस्तै पाँचखालका किसानको आक्रोश छ, चुनाव त फेरी पनि आउँछ, भोट त माग्नु पर्ला फेरि पनि । हामीले हाम्रो भोट पार्टीका कार्यकर्ता पाल्नलाई दिएको होइन । काभ्रेका स्थानीय निकायमध्ये पाँचखाल नगपालिका भ्रष्टाचार र बेथितिले जेलिएको सहभागी बताउँछन् ।

विकासको नाममा विनास गर्ने अधिकार कसैलाई नभएको बताउँदै आफूहरुको विरोधलाई कम नआँक्न सहभागीले चेतावनी दिएका छन् । पाँचखालको ५ नम्बर वडामा पर्ने खावा हनुमानगडीको बाटोमा जनप्रतिनिधिले डोजर लगाएपछि सरकारले स्थानीयको विश्वास गुमाएको सहभागीहरु बताउँछन् । शुसिलराज गिरी,पाँचखाल 

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ५ : २९ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ