धुलिखेल, २६ माघः चीनमा फैलिएको कोरोनाभाइरका कारण उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात निर्यात ठप्प भएको छ । माघ १७ गतेदेखि नाका बन्द हुदाँ आयात निर्यात ठप्प भएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए । नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने सबै प्रक्रिया बन्द रहेको उनले बताए । तातोपानी नाकाबाट मालबाहक कन्टेनर भ्यान…