२०८३, ३० भाद्र बुधबार

धुलिखेलका होटल सबै सुनसान, कर्मचारीलाई बिदा

धुलिखेलका होटल सबै सुनसान, कर्मचारीलाई बिदा


धुलिखेल, ७ चैतः विश्व भर फैलिरहेको कोरोना भाइरसको त्राससँगै पर्यटकीय नगर धुलिखेलका अधिकांश होटल सुनसान भएका छन् । विदेशी पाहुनाले धानेका धुलिखेलका होटलहरु प्रायः खाली देखिन्छन् । २०७२ साल बैशाख १२ को भुकम्पपछि बल्लतल्ल तंग्रिएका काभ्रेका होटलहरु कोरोना भाइरसको चपेटामा परेका हुन् ।

अति विशिष्ट द्धारिकाज, विशिष्ट टिवी आई ग्रुपले सञ्चालन गरेको धुलिखेल माउण्टेन रिसोर्टमा पनि पाहुना छैनन् । त्यस्तै धुलिखेल लज रिसोर्ट, मिरावेल रिसोर्ट, हिमालय होराइजन, अरनिको रिसोर्ट लगायतका पुरानो तथा हाल नयाँ सञ्चालनमा आएका अधिकांश होटलहरुमा पाहुना नरहेको सञ्चालकहरुले बताएका छन् ।

पहुना नभएपछि धुलिखेलका अधिकांश होटलहरुले कर्मचारी कटौटी गरेका छन् । कतिपय होटलले एक महिनाको तबल सहित कर्मचारीलाई बिदा दिएको क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार धुलिखेल सहित सिँगो काभ्रे जिल्लाकै होटल ब्यवसाय धरासयी बनेको छ । ‘होटलहरुमा पाहुना नै आउन छाडिसके, अब कर्मचारी राखेर मात्रै के गर्ने, उनले भने ‘त्यहि भएर कर्मचारी बिदा गरेका छौँ, परिस्थिति सामान्य बनेपछि फेरी बनाउछाँै ।’

काभ्रे जिल्लामा ५० वेड भन्दा माथिका १० वटा ठूला होटल सञ्चालनमा छन् । त्यस्तै ४० वटा मझौला रहेको क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘यो धुलिखेल र काभ्रे जिल्लाको मात्रै समस्या होइन्, उनले भने ‘हवाई उडान बन्द छ, राजधानी रित्तो हुन थालिसक्यो, सरकारले नै २५ जनाभन्दा बढीको भेला, सेमिनार, छलफल, गोष्ठी जस्ता कार्यक्रम नगर्न भनेपछि होटल ब्यवसाय त समस्यामा पर्ने नै भयो नी ।’

होटलसंघका अनुसार ७ अर्बभन्दा बढी जिल्लाका होटलहरुमा लगानी भइसकेका छन् । कम्तिमा साढे १ करोड देखि ५०÷६० करोडसम्मका लगानीका होटल रहेका छन् । जिल्लामा होटलको सुविधा सहितको पार्टी प्यालेस पनि उत्तिकै खुलेका छन् । ३ सयदेखि दुई हजार २५ सय जनासम्म अटाउने पार्टी प्यालेस जिल्लामा खुलेका छन् । तर कोरोना भाइरसको संक्रमण फैलने त्रास यी सबै लगभग बन्द जस्तै हुन थालेका छन् ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ९ : ०३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक