२०८३, १९ श्रावण बुधबार

काभ्रे रेडक्रसको मतदान चैत १३ मा

काभ्रे रेडक्रसको मतदान चैत १३ मा


धुलिखेल, ६ चैतः विभिन्न कारण देखाउँदै पटक पटक स्थगित हुदैँ आएको जिल्ला रेडक्रस सोसाइटी काभ्रे शाखाको निर्वाचन हुने भएको छ । यसअघि निर्वाचन गराउन नमानेका निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन तालिक सार्वजनिक गरेका हुन् ।

सार्वजनक निर्वाचन तालिका अनुसार चैत १२ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १३ गते विहान ११ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । मत गणना मतदान लगत्तै हुने निर्वाचन अधिकृत ताल्चाभडेलले जारी गरेको कार्य निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

रेडक्रसको चुनावमा कम्युनिष्ट र काँग्रेस प्यानल बनाएर होमिएका छन् । कम्युनिष्ट तर्फका वर्तमान सभापति रघुबर चौ प्रधानकै नेतृत्वमा १७ जना उम्मेवार घोषणा गरेर चुनानवी मैदानमा होमिएको छ ।

यसअघि माघ २५ गते तय गरिएको शाखाको निर्वाचन स्थागित भएको थियो । शाखामा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेलले तत्काललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । तर फागुन २२ गते पुनः प्रशासन कार्यालयले निर्वाचन प्रक्रिया अघि बढाउन पत्र काटेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गत माघ २४ गते काटेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पदाधिकारीहरुले खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरी तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरी कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १३ पुसमा उजुरी दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ८ : ०६ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई