२०८३, २९ असार मंगलबार

तेमाल प्रवेश गर्ने अर्को द्वार बोहोरेदोभानमा बन्ने

तेमाल प्रवेश गर्ने अर्को द्वार बोहोरेदोभानमा बन्ने


धुलिखेल, ६ चैतः काभ्रेको तेमाल गाउँपालिकाले साविकको सस्र्यूखर्क गाविस प्रवेश गर्न बोहोरेदोभानमा द्वार निर्माण गर्ने भएको छ । वडा नम्बर १ को बोहोरेदोभानमा निर्माण गरिने द्वारको पालिका अध्यक्ष समाल सिंह तामाङले बुधबार शिलान्यास गरेका हुन् ।

तेमाल प्रवेश गर्ने मुख्य–मुख्य नाकामा द्वार बनाउने अभियान अन्तर्गत बोहोरेदोभानमा द्वार निर्माण गर्न लागिरएको पालिका अध्यक्ष तामाङले बताए । प्रवेशद्वार १० लाख रुपैयाँमा निर्माण पुरा हुनेछ । प्रवेशद्वार निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०६७/७७ बजेट मार्फत १० लाख विनियोजन गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले बताए ।

तेमाल प्रवेश गर्ने अन्य नाकाहरुमा पनि द्वार निर्माण गर्ने पालिका अध्यक्ष तामाङले बताए । तामाङ पहिचान झल्ने द्वारले तेमालको संस्कार र सस्कृतिको समेत प्रतिनिधित्व गर्छ, अध्यक्ष तामाङले भने ‘यस्ता द्वार तेमालका अन्य ठाउँमा पनि निर्माण हुन्छ ।’

पालिकाले नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको संगमस्थल वडा नम्बर ५ कालिमाटीमा पनि प्रवेशद्वार निर्माण गरेको छ । १५ लाख रुपैयाँमा निर्माण भएको यो प्रदेशद्वारमा बौद्ध धर्मवलम्बीहरुको पहिचान झल्कने अष्ठमंगल, खोर्लो, बुद्धबाणीहरु लेखिएका छन ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  १० : ०६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित