२०८३, १२ कार्तिक बिहीबार

जिसस प्रमुख तामाङ जसले आफै गाडी चलाएर बिरामीलाई पुर्याए अस्पताल

जिसस प्रमुख तामाङ जसले आफै गाडी चलाएर बिरामीलाई पुर्याए अस्पताल


धुलिखेल, २४ चैतः सिन्धुपाल्चोकको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा आइतबार एक जना महिला विहानै आइपुगिन । डाक्टरहरुले उनको अवस्था बुझे । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण पाए । लिसंखु पाखर गाउँपालिका वडा नम्बर ७ घर भएकी उनी ओमानबाट फागुन २० गते फर्किएकी थिइन् ।

डाक्टरले लगत्तै आइसोलेसन कक्षमा जान सुझाए । तर जाने कसरी ? जिल्लाका धेरै एम्बुलेन्स चालकलाई सम्पर्क गरियो । तर कोहि काममा ब्यस्त छु भने त । कोहिले आफु उक्त महिलालाई लैजान तयार नभएको बताए । यो कुरा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले पनि थाहा पाइसकेका थिए । उनले पनि धेरै एम्बुलेन्स चालकहरुलाई सम्वय गरे । तर कोहि मानेनन् । दिनभर जसो एम्बुलेन्स खोज्नै बित्यो ।

कोहि पनि एम्बुलेन्स चालक नमानेपछि चौतारामा रहेका जिसस प्रमुख तामाङ आफै गाडिलिएर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई सहित चाडिचौर पुगे । सुरक्षाका उपाय अपनाए । विरामी महिलालाई लिएर चौतारा अस्पतालमा पुगे । अहिले उनलाई चौतारा अस्पताको ओइसोलेसनमा राखिएको छ ।

ओमानबाट फर्किएकी उक्त महिला चैत १७ गते पनि उनी ज्वरो आएपछि स्वास्थ्य चौकीमा पुगेको बताइएको छ । ‘अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र स्वयम म आफैले एम्बुलेन्स चालकलाई फोन गरे, कोहि पनि उहाँलाई अस्पतालसम्म पुर्याउन तयार हुनुभएन जिसस प्रमुख तामाङले भने ‘म आफै गाडी लिएर गए र अस्पताल ल्याएर भर्ना गरियो, यो एउटा मानवीय सहयोग हो ।’

बिरामी महिला लिन जिसस प्रमुख आफै गाडी चलाएर अस्पताल पुगेका थिए । ‘सुरक्षाको जुन मापदण्ड अपनाउनुपर्ने थियो, त्यहि मापदण्ड अपनाएर आइसोलेसन कक्षसम्म महिलालाई पुर्याएका छौँ, स्वास्थ्य कार्यालय प्रमुख चापागाईले भने ‘सुरक्षामा कुनै कमी छैन् ।’

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  १० : ०२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता