हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। नेपाली कांग्रेस र एमालेबीचको सहकार्यमा मुख्यमन्त्री बनेका बानियाँको समर्थनमा ६४ जना सांसद रहेका छन्, जसले गर्दा विश्वासको मत प्राप्ति लगभग सुनिश्चित देखिन्छ। प्रदेशको राजनीतिक समीकरण विगत केही महिनादेखि तरल रहँदै आएको छ । कांग्रेस–एमालेबीचको यो गठबन्धन तत्कालको स्थायित्वका लागि फलदायी देखिए…