२०८३, ११ कार्तिक बुधबार

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह


काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राथमिकतामा परेका योजनाहरूलाई प्रविधिको माध्यमबाट प्रभावकारी र छिटो ढंगले कार्यान्वयन गर्न सकिने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्षको अनुगमन गर्दै मन्त्री सिंहले प्रविधिको सदुपयोगबाट योजना कार्यान्वयनमा समय, स्रोत र समन्वयमा सहजता आउने बताए ।

“प्रविधिलाई सदुपयोग गरेर प्रभावकारी तवरले काम गर्नका लागि आवश्यक टुल्सहरू प्रयोग गर्न जान्नुपर्छ,” मन्त्री सिंहले बताए, “आजको युग प्रविधिको हो, हामीले यसलाई आत्मसात् गर्नुपर्छ ।” उनका अनुसार अनलाइन अनुगमन कक्षमार्फत फिल्डमा काम गरिरहेका कर्मचारी र मन्त्रालयबीच प्रत्यक्ष समन्वय सम्भव हुने भएकाले योजनाको अनुगमन र समस्या समाधान प्रक्रियामा पारदर्शिता र छिटो निर्णयसमेत गर्न सकिनेछ ।

मन्त्री सिंहले मन्त्रालयबाट प्राथमिकतामा परेका आयोजना तथा योजनाहरूको अनुगमन, गुनासोहरूको समाधान, र समयमै समापन सुनिश्चित गर्न यो प्रविधि सहायक हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ४ : ४७ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा