२०८३, ११ कार्तिक बुधबार

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध


पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ स्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्रमा बन्दन भगवती सेवा प्रा.लि. द्वारा स्थापना गर्न खोजिएको आस्फाल्ट व्याचिङ्ग प्लान्टप्रति ने.क.पा. माओवादी केन्द्र पाँचखाल नगर समितिले कडा विरोध जनाएको छ।

पार्टीका अध्यक्ष रमेश राज गिरीले उक्त उद्योगले पाँचखालको कृषि क्षेत्रलाई ठूलो क्षति पुर्‍याउने र वातावरणीय सन्तुलन बिगार्ने चेतावनी दिएका छन्। कृषि नै पाँचखालबासीको जीवनयापनको मुख्य आधार भएको भन्दै यस्तो प्रदूषित उद्योगलाई स्थानीय सरकारबाट सहज अनुमति दिनु पूर्णतया गैरजिम्मेवार र खेदजनक भएको स्पष्ट पारेका छन् ।

सार्वजनिक सुनुवाइमा स्थानीय जनता र समुदायले उद्योगको कडा विरोध गरेपनि त्यसलाई बेवास्ता गर्दै पुनः अनुमति प्रक्रिया अगाडि बढाएको विषयमा गम्भीर आपत्ति जनाइएको छ । ने.क.पा. माओवादी केन्द्र पाँचखालले सम्बन्धित निकायलाई तत्काल उद्योग स्थापना रोक्न कडा माग गर्दै यसप्रति पूर्ण ऐक्यबद्धता र संघर्ष जारी राख्ने घोषणा गरेको छ ।

पाँचखालको कृषि, वातावरण र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने कुनै पनि प्रयासलाई पार्टीले सहन नहुने संकेत गर्दै संघर्षको चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ५६ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा