२०८३, ११ कार्तिक बुधबार

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

जबरजस्ती गरे क्षतिको जिम्मेवारी कम्पनीले लिनुपर्नेछ


पाँचखाल । पाँचखाल नगरपालिका–८ मा ऐतिहासिक र धार्मिक महत्व बोकेको सुवर्णेश्वरी महादेव मन्दिर परिसर नजिक आसफाल्ट प्लान्ट स्थापना गर्ने तयारीप्रति स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन् ।

बन्दन भगवती निर्माण सेवा प्रालिले विगत केही महिनादेखि उद्योग सञ्चालनको तयारी गरिरहेको भए पनि स्थानीयले यसले स्वास्थ्य, वातावरण र धार्मिक सम्पदामा गम्भीर असर पार्ने भन्दै विरोध गरेका हुन् ।

यस क्षेत्रमा बसोबास गर्ने ६७ बगाले थापा घरपरिवारका बासिन्दाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त उद्योग वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सञ्चालन गर्न खोजिनु कानुन विपरीत मात्र नभई यहाँको धार्मिक र सांस्कृतिक धरोहरका लागि ठूलो खतरा हो।” स्थानीयले कुनै पनि हालतमा यस क्षेत्रमा आसफाल्ट प्लान्ट स्थापना हुन नदिने चेतावनी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, “यदि जबरजस्ती प्लान्ट राख्ने प्रयास गरिएमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी कम्पनी र सम्बन्धित निकायले लिनुपर्नेछ।”

धार्मिक, पर्यावरणीय र सामाजिक कारण देखाउँदै स्थानीय बासिन्दाले आफ्नो स्वास्थ्य, वातावरण र भविष्यको सुरक्षाका लागि एकजुट भई आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  ११ : २३ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा