२०८३, २० आश्विन बुधबार

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक आरि बासबीच आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

भेटका क्रममा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोगका सम्भावना, तथा कोशी प्रदेशमा कृषि, शिक्षा, स्वास्थ्य र प्रविधि लगायतका क्षेत्रहरूमा इजरायली सहकार्य विस्तार गर्ने विषयमा गम्भीर छलफल भएको प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले इजरायलले विशेषगरी कृषि र अत्याधुनिक प्रविधिमा प्राप्त गरेको अनुभव कोशी प्रदेशको समानुपातिक विकास र समृद्धिमा उपयोगी हुन सक्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकार प्राविधिक सहयोग, तालिम र जनशक्ति विकास लगायतका विषयमा इजरायलसँग साझेदारी गर्न इच्छुक रहेको उल्लेख गरे।

राजदूत बासले नेपाल र इजरायलबीचको मित्रवत सम्बन्धलाई थप बलियो बनाउन आफू प्रदेशस्तरीय भ्रमणमा आएको जनाउँदै, कोशी प्रदेशसँग विभिन्न संभावित सहकार्यका क्षेत्रहरूमा चासो व्यक्त गरे। उनले नेपाली युवाहरूका लागि इजरायली कृषि तालिम कार्यक्रम, स्वास्थ्य प्रविधि सहयोग, र सांस्कृतिक आदानप्रदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  १ : ५१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय