धुलिखेल, ७ चैतः विश्व भर फैलिरहेको कोरोना भाइरसको त्राससँगै पर्यटकीय नगर धुलिखेलका अधिकांश होटल सुनसान भएका छन् । विदेशी पाहुनाले धानेका धुलिखेलका होटलहरु प्रायः खाली देखिन्छन् । २०७२ साल बैशाख १२ को भुकम्पपछि बल्लतल्ल तंग्रिएका काभ्रेका होटलहरु कोरोना भाइरसको चपेटामा परेका हुन् । अति विशिष्ट द्धारिकाज, विशिष्ट टिवी आई ग्रुपले सञ्चालन गरेको धुलिखेल माउण्टेन रिसोर्टमा…