२०८३, १९ श्रावण बुधबार

धुलिखेलका उपप्रमुख शर्माले दिइने ब्यक्तिगत खर्चमा सुत्केरीलाई अण्डा र घ्यू

धुलिखेलका उपप्रमुख शर्माले दिइने ब्यक्तिगत खर्चमा सुत्केरीलाई अण्डा र घ्यू


धुलिखेल, ३० चैतः धुलिखेल नगरपालिकाका उप विमला शर्माले पालिकाभित्रका सुत्केरी महिलालाई राहत स्वरुप अण्डा र घ्यू सहयोग गरेकी छन् । आफ्नै ब्यक्तिगत खर्चबाट उपप्रमुख शर्माले ४२ दिनभित्रका सुत्केरी महिलालाई अण्डा र घ्यू दिएकी हुन् ।

उपप्रमुख शर्माले नगरभित्रका ३२ जना सुत्केरी महिलाई एक क्रेट अण्डा, एक माना घ्यू उपलब्ध गराएकी हुन् । नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कको आधारमा ४२ दिनभित्रका सुत्केरी महिलालाई राहत दिएको उपप्रमुख शर्माले बताइन् ।

उपप्रमुखले उपलब्ध गराएको अण्डा र घ्यूसँगै नगरपालिकाले एक जोर कपडा सुत्केरी महिलाहरुका लागि सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए ।

धुलिखेल नगरपालिकाभित्र १२ वटा वडा रहेका छन् । ती सबै वडाका ४२ दिन अवधिभित्रका सुत्केरी महिलालाई उपप्रमुख शर्माले एक क्रेट अण्डा, एक माना घ्यू उपलब्ध गराएकी हुन् ।

 

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  ७ : १६ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ