धुलिखेल, ५ जेठः कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका श्रीमान सहित आफन्तहरु डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसन वेडमा रहेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएपछि सोमबार डिस्चार्ज भएका हुन् । ज्वरो, रुघाखोकी र सासफेर्न समस्या भएपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ राम्चेकी २९ बर्षीय सुत्केरी महिला गत विहिबार धुलिखेल…