२०८३, १२ कार्तिक बिहीबार

जुगल गाउँपालिकामा अग्रपंक्तिमा रहेर काम गर्ने सबैको बिमा

जुगल गाउँपालिकामा अग्रपंक्तिमा रहेर काम गर्ने सबैको बिमा


धुलिखेल, ८ जेठः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर कामगर्ने सबैको बिमा गरिदिने भएको छ । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले स्वास्थ्यकर्मीहरु, कर्मचारी र जनप्रतिनिधिहरुको १ लाख बराबरको जोखिम बिमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै १० लाख बराबरको स्वास्थ्य बिमा गर्ने निर्णय भएको पालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । जनप्रतिनिधि बाहेक अन्यको बिमा बापत शुल्क गाउँपालिकाले नै ब्यहार्ने छ । बैठकले सेलाङ मावि, गोल्चे बगर, कालिदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवास स्थल अर्थात क्वारेन्टाइन तयार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गाउँपालिकामा बाहिरी ठाउँबाट आउने सबैलाई अनिवार्य १४ दिन क्वारेटाइनमा राख्ने निर्णय समेत गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ६ : २९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता