२०८३, १२ कार्तिक बिहीबार

सापिङ जादैँ बोेलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता

सापिङ जादैँ बोेलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता


धुलिखेल, ७ जेठः काभ्रेको भुम्लु गाउँपालिकास्थित वडा ८ नम्बर वडाअन्तर्गत पर्ने सिलामे भिरमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जना सुनकोशीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङका २६ बर्षीय अशोक गिरी र २८ बर्षीय भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बुधबार दोलालघाटबाट भुम्लु गाउँपालिकाको १ नम्बर वडा सापिङ हिडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जार्दै गर्दा ब्याक आएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जीप सिमेन्ट र कुखराको दाना लिएर जाँदै थियो । जीप नै सुनकोशी नदीमा खसेको नभइ उकालोमा ब्रेक लगाउने क्रममा जीपको पछाडी बसेका यात्रु सुनकोशीमा पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३९ बर्षीय सानुमाया गिरी घाइते भएको र उहाँको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका छन् ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  ५ : ४९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता