धुलिखेल, २३ चैतः पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक लगाएको छ । संघीय सरकारले निर्णय गरेको भोलिपल्ट आइतबार बसेको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । कोरोना (कोभिड १९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि एक वडाबाट अर्को वडामा जान रोक लगाएको उनले बताए…