२०८३, २० आश्विन बुधबार

बन्दाबन्दीमा विकासनिर्माणका काम शुरु

बन्दाबन्दीमा विकासनिर्माणका काम शुरु


तनहुँ २१ बैशाख :  तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता भएका भौतिक निर्माणका काम शुरु गर्न लागिएको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ । बन्दाबन्दी अगाडि ल्याइएका निर्माण सामग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिने निर्णय भएको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।

नगरप्रमुख गुरुङका अनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर विकास निर्माणका काम गर्नका लागि अनुमति दिइएको छ । “मौज्दात रहेका निर्माणका सामग्री बिग्रिने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाएर विकास निर्माणको कामलाई अगाडि बढाउन सकिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार विकास निर्माणका कामका लागि ल्याइएका सामग्री मौज्दात नभएमा भने काम गर्न रोक लगाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन भएसँगै करिब चार हप्तादेखि विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम ठप्प छ । मौज्दात रहेको सिमेन्टलगायत निर्माण सामग्रीको हिनामिना हुनसक्ने भएकाले स्थानीय मजदुर प्रयोग गरेर काम गर्न बाटो खुला गरिएको गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको व्यास नगरपालिकाले पनि निर्माणको काम गर्नका लागि बाटो खुला गरेको छ । तनहुँमा नै उपलब्ध निर्माण सामग्री र स्थानीय कामदारको प्रयोग गरी सम्झौता भइसकेका सार्वजनिक निर्माणकार्यलाई अगाडि बढाउन अनुमति दिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यस्तै बन्दीपुर गाउँपालिकाले पनि निर्माण प्रक्रियामा रहेका विभिन्न आयोजनाका कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सामाजिक दूरी कायम गरी स्थानीय मजदुर प्रयोग गरी काम गर्न सकिनेछ ।

बन्दाबन्दीकै क्रममा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सञ्चालन भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका लागि हाल केवल टनेल खन्ने कामलाई निरन्तरता दिइएको छ । आयोजनाका साइट प्रमुख अच्युत घिमिरेका अनुसार क्याम्पभित्रै बसिरहेका मजदुरलाई परिचालन गरेर काम सञ्चालन गरिएको छ । हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । विद्युत् गृहमा तार लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : ४३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको