२०८३, २० आश्विन बुधबार

धुलिखेल नगरपालिकाका किसानले पाएनन धानको मुल बीउ

धुलिखेल नगरपालिकाका किसानले पाएनन धानको मुल बीउ


धुलिखेल, १९ बैशाखः धुलिखेल नगरपालिकाका सबै वडाका किसानले धानको मुल बीउ नपाउने भएका छन् । किसानको माग अनुसार बजारमा नपाएपछि नगरपालिकाले किसानलाई उन्नजातको बीउ अनुदानमा दिन सुरु गरेको छ ।

यसअघि नगरपालिकाले किसानलाई खुमल-४ जातको मुल बीउ अनुदानमा दिने बताएको थियो । नगरपालिकाले १२ वटै वडाका किसानसँग मुलबीउका लागि माग आह्वान गरेको थियो । किसानको माग अनुसार बजारमा खरिद गर्न खोज्दा मुलबीउ नभेटिएपछि उन्नजातको बीउ वितरण सुरु गरेको नगरपालिकाका कृषि शाखा संयोजक मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले आजबाट उन्नजातका धानको बीउ वितरण सुरु गरेको हो । यो वर्ष नगरपालिकाको वडा नम्बर १२ र २ मा ४०/४० रोपनी क्षेत्रफलका लागि मात्रै खुमल-४ को मुल बीउ वितरण गरिनेछ । नगरपालिकाले वडा नम्बर ५ मा ५ सय ९५ केजी खुमल-१० र २ सय १० केजी खुमल-८ उन्नजातको धानको बीउ वितरण गरेको छ ।

त्यस्तै वडा नम्बर ४ मा ५ सय ७५ केजी खुमल-१० र १ सय ७५ केजी खुमल-८ उन्नजातको बीउ वितरण गरेको हो । अन्य वडाहरुमा पनि क्रमशः उन्नजातको धानको बीउ वितरण गर्ने कृषि शाखा संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ६ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको