२०८३, २० आश्विन बुधबार

हिउँमा फसेका सिन्धुपाल्चोकका मजदुर सुरजलाई नेताले गरे उद्धार

हिउँमा फसेका सिन्धुपाल्चोकका मजदुर सुरजलाई नेताले गरे उद्धार


धुलिखेल, १९ बैशाखः हिउँमा फसेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ४ का सुरज तामाङलाई हेलिकप्टर मार्फत सकुशल उद्वार गरिएको छ । विगत १४ दिन देखि रसुवाको गोसाइँकुण्ड नजिकैको तारेभिरमा आइपुगेपछि हिउँमा फसेका लामाको शुक्रबार बिहान उद्धार गरिएको हो ।

रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दे आएका तामाङ लकडाउन लम्बिएपछि मेलम्ची हुँदै आफ्नो घर आउन बैशाख ६ गते हिडेका थिए । उनीहरुलाई नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले हेलिकप्टर मार्फत उद्धार गरेका हुन् ।

तामाङको स्वास्थ अबस्था सामान्य रहेकोे छ । थप स्वास्थ्य  उपचारका लागि उनलाई अहिले सिभिल अस्पतालमा राखिएको छ ।

उनलाई वैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदीभन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला बेहोसी अवस्थामा रहेका उनी अहिले सामान्य हिसाबले बोल्न सक्ने अवस्थामा रहेको सापकोटा बताउँछन् ।

सामान्य बोल्न सक्ने भएपछि लामाले गोठमा आइपुग्दासम्म आफूले बोकेर ल्याएको सातु खाएर बाँचेको प्रतिक्रिंया दिएका थिए । हिउँमा फसेपछि आफूले बोकेको म्याटलाई दुई टुक्रा पारेर शरीरमुनि ओछ्याउने र माथि ओड्ने गरेर पुनर्जीवन पाएको सुनाएका छन् ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ११ : ३४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको