धुलिखेल १४ मंसिर जिल्लाको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भुम्लु गाउँपालिका–७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो । फलाटे प्रहरीचौकीको भवन दुई करोड ३१ लाख ७० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको प्रदेश प्रहरी भौतिक…