डाँडापारी । काभ्रेको खानीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा श्रीमानहरुलाई सम्मान गरेर नयाँ सन्देश दिएको छ । श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान गरेर पालिकाले समाजमा महिला जागरणका लागि नयाँ सन्देश दिएको हो । पालिकाले आफ्नी श्रीमतीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने हरेक वडाबाट एक–एक जना पुरुषलाई सम्मान गरेको छ । गाउँपालिकाको…