२०८३, ३० कार्तिक सोमबार

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा सरकारको काम, उपलब्धि र भावी योजनाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गरेका छन्। सोमबार बिहान आफ्नै आधिकारिक फेसबुकमार्फत प्रधानमन्त्री ओलीले आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातर्फ गइरहेका छन् भन्दै देशको समग्र आर्थिक र विकास प्रक्रियामा नयाँ गतिशीलता आएको दाबी गरेका हुन् ।…