२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेमा बस दुर्घटना, २८ घाइते

काभ्रेमा बस दुर्घटना, २८ घाइते


बनेपा, ९ माघ: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीया शान्तादेवी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

उहाँको टाउको र घाँटीमा चोट रहेको र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शङ्खुबाट पनौतीतर्फ आउँदै गरेको बा२ख ५२१२ नंको यात्रुवाहक बस सडकबाट करीब २०० मिटर तल खसेको हो । सो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको स्थानीय मेडिकलमा उपचारपश्चात् घर फर्किसकेका छन् भने बाँकीको धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

गिरीका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा चार र शिरमेमोरियल अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । अन्य घाइते उपचारपश्चात् घर फर्किसकेका छन् । बसमा ४० यात्रु सवार थिए । पानी परेकाले सडक छेउ भासिएर सडकबाट तल खसेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ९ : १५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित