२०८३, २२ आश्विन शुक्रबार

काभ्रेमा बस दुर्घटना, २८ घाइते

काभ्रेमा बस दुर्घटना, २८ घाइते


बनेपा, ९ माघ: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीया शान्तादेवी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

उहाँको टाउको र घाँटीमा चोट रहेको र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शङ्खुबाट पनौतीतर्फ आउँदै गरेको बा२ख ५२१२ नंको यात्रुवाहक बस सडकबाट करीब २०० मिटर तल खसेको हो । सो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको स्थानीय मेडिकलमा उपचारपश्चात् घर फर्किसकेका छन् भने बाँकीको धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

गिरीका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा चार र शिरमेमोरियल अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । अन्य घाइते उपचारपश्चात् घर फर्किसकेका छन् । बसमा ४० यात्रु सवार थिए । पानी परेकाले सडक छेउ भासिएर सडकबाट तल खसेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ९ : १५ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १