२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको च्याल्टिमा भिर खस्दा डोजर चालक घाइते

काभ्रेको च्याल्टिमा भिर खस्दा डोजर चालक घाइते


काठमाण्डौँ, १० माघ: काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा भिर खस्दा डोजर चालक घाइते भएका छन् । बिहिबार च्याल्टि खोला–दमार खोला हुदैँ नारायणस्थान जोड्ने सडक खन्ने क्रममा माथिबाट भिर खस्दा दोलखा घर भएका डोजर चालक सुरेश खड्का घाइते हुन् ।

वडाध्यक्ष खजेनची लामाका अनुसार दमारको फिमपाखा भिर खन्ने क्रममा माथिबाट चटान खस्दा चालक घाइते भएका हुन् । डोजर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सामान्य घाइते भएका चालक खड्का धुलिखेल अस्पतालमा उपचार पछि घर पर्किएको वडाध्यक्ष लामाले जानकारी दिए ।

गाउँपालिकाको बजेटमा उपभोक्ता समितिले सडक निर्माणको काम गरिरहेको छ । “भिर एकदमै अप्ठ्यारो थियो, वडाध्यक्ष लामाले भने यसअघिका डोजर चालकलाई पनि उक्त क्षेत्रमा नखन्नु भनेका थियौँ, त्यो बेला खनिएको थिएन्, तर अहिले खनिएछ, घटना भयो । उनका अनुसार उक्त क्षेत्रमा तलबाट ग्याविन उठाएर मात्रै सडक फराकिलो बनाउन सकिन्छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ६ : ११ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १