२०८३, १ भाद्र मंगलबार

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी


जाजरकोट, ८ माघ: जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिकरूपमा सङ्कलन गरिएको सेतोचिनीलगायतका जडीबुटी डोल्पाको निकुञ्जको पुर्जीको भरमा निर्यात हुँदैआएको छ । जिल्ला वन डिभिजन कार्यालयको बेवास्ताका कारण यसरी दैनिक भारी मात्रामा जडीबुटी निकासी भएको गाउँपालिका–४ का तीर्थराज बोहोराले जानकारी दिनुभयो । गाउँपालिकाको समेत मिलेमतोमा जडीबुटी चोरी, निकासी भएको बोहोराको आरोप छ । अहिले जिल्लाको नलगाड नगरपालिका चिसापानी, छेडागाड नगरपालिकाको थलह र जुम्लाको सिमानाबाट जडीबुटी चोरी निकासी भएको उहाँले बताउनुभयो ।

कार्यालयबाट कुनै प्रकारको चलानी पुर्जी नलिएको कार्यालयले बताएको छ । त्यस्तै बारेकोट गाउँपालिका–४ ढोटाचौर सामुदायिक वन समूहका अध्यक्षलाई आर्थिक प्रलोभनमा देखाएको भन्दै व्यापारीका नाममा शुक्रबार किटानी वन मुद्दा दायर गरिएको छ । सामुदायिक वन समूहका अध्यक्ष वीरबहादुर शाहीले व्यापारीका नाममा किटानीसहित डिभिजन वन कार्यालय, जाजरकोटमा उजुरी दिएको बताउनुभयो ।

अध्यक्ष शाहीले बबिता जडीबुटी स्टोर्स देवालगाउँका प्रोप्राइटर जुम्ला गुठीचौर गाउँपालिका–५ कुम्रीका भीमबहादुर भण्डारी, निर्मल जनरल स्टोर्स एण्ड सप्लायर्सका प्रोप्राइटर जुम्ला गुठीचौर गाउँपालिका–१ का निर्मल ऐडी, सुष्मा एण्ड सुसल जडीबुटी स्टोर्सका प्रोप्राइटर जुम्ला गुठीचौर गाउँपालिका–५ का सूर्यबहादुर शाही, जुम्ला गुठीचौर गाउँपालिका–१ का जनक थकाली, जुम्ला गुठीचौर गाउँपालिका–२ का गोपाल बोहरा, जुम्ला पातारासी गाउँपालिका–३ का जङ्गवीर बोहरा, जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङकोटका टङ्क गिरी र जुम्ला तातोपानी गाउँपालिका–७ डुग्रीका लालबहादुर शाही गरी आठ व्यापारीको नाममा किटानीसहित उजुरी दिनुभएको हो ।

दियावाल्ना, लामाडाँडा, गडुल्ने, बार्या, सद्वन, सुपाकुना, निलपहरलगायतका वन क्षेत्रमा सामुदायिक वन समिति र डिभिजन वन कार्यालयको अनुमतिविना गत असोज २१ गतेदेखि यही मङ्सिर १० गतेसम्म ५० हजार क्विन्टलभन्दा बढी सेतोचिनी (खिराङ्लो) सङ्कलन गरी जुम्ला जिल्लामा चोरी निकासी गरिएको उल्लेख गरिएको छ । उक्त मुद्दामा सेतोचिनी पकाउनलाई दाउरा प्रयोग गर्ने नाममा ढोटाचौर सामुदायिक वन क्षेत्रमा रहेको भोजपत्र, चिमालो, ठिकुरे सल्ला, कैंयसी, डिग्रे धुपी, रइस प्रजातिका गरी पाँच हजारभन्दा बढी रुख बिरुवा र हजारौँ निगालोको बिरुवा फँडानी गरिएको उल्लेख गरिएको छ । सामुदायिक वन समितिका पदाधिकारी तथा सदस्यलगायतको टोलीले जङ्गलमा भइरहेको वन फँडानी र जडीबुटीको चोरी निकासी नियन्त्रण गर्न खोज्दा विपक्षी व्यापारीले ‘उल्टै तिम्रो केही अधिकार छैन’ भनी डर, त्रास देखाई जबरजस्ती वन फँडानी गर्नुका साथै जडीबुटी चोरी निकासीको कसुर कार्य गरिएको मुद्दामा उल्लेख छ ।

गत भदौमा जडीबुटी व्यापारी भीमबहादुर भण्डारीले आफूलाई रु २० लाख लिएर सामुदायिक वनबाट पन्छिन अनुरोध गरेको वन समूहका अध्यक्ष वीरबहादुर शाहीले बताउनुभयो । अहिले भण्डारीले डिभिजन वन कार्यालयका कर्मचारी र जाजरकोटका सबैलाई किनिसकेको बताउँदै आफूलाई केही गर्न नसक्ने भनी धम्की दिने गरेको अध्यक्ष शाहीको भनाइ छ । ढोटाचौर सामुदायिक वनमा जस्तै बारेकोट गाउँपालिका–३ स्थित सङ्कदह सामुदायिक वन समूहका विभिन्न वन क्षेत्रमा सेतोचिनीको खोजी तथा चोरी निकासी भएको छ । बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने दाङ्गे, बुराउसे, कराइचुला, कालाडाँडा, रोल्पा, खम्बु, चाखुरे, सेतापानी, कालीमुरी, कोटे, खेताली, काललरी लगायतका राष्ट्रिय वन क्षेत्रवाट झण्डै एक लाख ५० हजार क्विन्टलभन्दा बढी सेतोचिनीको खोजी तथा चोरी निकासी भएको स्थानीयको भनाइ छ ।

त्यसैगरी कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाँडा, व्याउलीढुङ्गा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिका सिउनको प्यारी, रुप, मुट्केचुला, मङ्सिरी ध्यारगाउँ, बान्नीगाउँलगायतका जङ्गलमा पाइने बहुमूल्य सेतोचिनीको चोरी निकासी भएको छ । एकै जातको जडीबुटी ५० हजार किलो निकासी गर्नुपरेमा अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गर्नुपर्ने र ५० हजार किलोभन्दा बढी एकै जातको जडीबुटी निकासी गर्नुपरेमा अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) गर्नुपर्ने वातावरण संरक्षण ऐन–२०५४ र वातावरण संरक्षण निमावली–२०५४ ले व्यवस्था गरेको छ ।

सेतोचिनी ६ किलो बराबर सुकाएपछि एक किलो हुने बताइएको छ । जङ्गलमै सङ्कलन गर्ने स्थानीयबाट नपकाएको प्रतिकिलो रु ३० मा खरिद गरेका व्यापारीले हाल जुम्ला र नेपालगञ्जमा प्रतिक्विन्टल रु ६० हजारमा विक्री गरिरहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : २६ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक