नागार्जुन, काठमाडौँ, ३१ भदौ: नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य चौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।…