२०८२, १६ असार सोमबार

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म


सुर्खेत, ३ मङ्सिर : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उहाँले बताउनुभयो । “पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भन्नुभयो, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उहाँको भनाइ थियो ।

ललिताका पति विर्खबहादुर बुढाले उहाँलाई चार दिनसम्म कालीकोट अस्पतालमा राख्नुभएको थियो । अस्पतालले पठाएपछि उहाँले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याउनुभयो । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिनुभयो । “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भन्नुभयो । बालिकाको जीवन बचाइदिन उहाँले सरकारसँग सहयोगको याचना गर्नुभएको छ । ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : १३ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको