२०८३, २० श्रावण बिहीबार

तेमालमा उपभोक्ता समिति धमाधम गठन हुदैँ

तेमालमा उपभोक्ता समिति धमाधम गठन हुदैँ


धुलिखेल १ मंसिर: काभ्रेको तेमाल गाउँपालिका भित्रका वडा कार्यालयहरुले उपभोक्ता समिति गठनलाई तिब्रता दिएका छन् ।
चालु आर्थिक वर्ष २०७५/७६ मा आफ्नो वडामा सञ्चालन हुने विभिन्न विकास योजनाका लागि वडा नम्बर ३ ले उपभोक्ता समिति गठन गरिसकेको वडाध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए ।

‘हामीले उपभोक्ता समिति गठन गरिसकेका छौँ, वडाध्यक्ष तामाङले भने ‘अबको एकसाता भित्रै ती उपभोक्ता समितिले सम्बन्धित योजनाको काम अघि बढाउँछन् ।’

उनका अनुसार वडा कार्यालय सरमथीमा २५ योजना मध्ये २४ वटा योजनाको निर्माण कार्य पूरा गर्न उपभोक्ता समिति गठन गरिएको हो । यस वडालाई चालु आर्थिक वर्षका लागि गाउँ कार्यपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यसैबीच तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ ले पनि चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन हुने सम्पूर्ण विकास योजनाका लागि उपभोक्ता समिति गठन गरिसकेका छन् । त्यस्तै अन्य वडाहरुमा पनि उपभोक्ता समिति गठनको प्रक्रिया धमाधम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ३१ बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो