२०८२, २६ असार बिहीबार

आठ करोड बराबरको गाँजा खेती नष्ट

आठ करोड बराबरको गाँजा खेती नष्ट


सिन्धुली, ३० कात्तिक : प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टँुडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले आजबाट गाँजा खेती नष्ट गर्ने अभियान शुरु गरेको छ ।

अहिलेसम्म वडा नं १ को टँुडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । यस क्षेत्रमा लगाइएको ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार नष्ट गर्ने र विस्तारै कम परिमाणमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको समेत उहाँले बताउनुभयो ।

सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गरी अन्दाजी ४० बिघाको क्षेत्रफलमा व्यावसायिक गाजाँखेती गरेको प्रहरीको अनुमान छ । प्रहरी नायब महानिरीक्षक दीपक थापाको विशेष निर्देशनमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानको शुरुआत गरेको छ । प्रहरीले रु आठ करोड मूल्य बराबरको गाँजा खेती नष्ट गरेको प्रहरी दाबी छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ४५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत