काठमाडौं, २० मंसिर : स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न छुट्टाछुट्टै समिति बनाएर काम अघि बढाएको छ । अमेरिकी कम्पनी फाइजर र मोडर्ना, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसी स्पुतनिक–५ को खोपको अन्तिम परीक्षण भइरहेका बेला मन्त्रालयले खोप व्यवस्थापन गर्न भ्याक्सिनको द्रुत कार्य योजना पारित गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार पारित योजनामा आठवटा क्षेत्र पहिचान गरी समिति…