काठमाण्डौ २ जेठ : अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ । कोरोना सङ्क्रमणले भयावह रूप लिँदा पनि गाउँघरमा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका…