२०८३, १२ आश्विन मंगलबार

कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा १४ जनाको मृत्यु


लुम्बिनी ३१ बैसाख  :  लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  ३ : १० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय