२०८३, ७ कार्तिक शनिबार

कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरौं

कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरौं


काठमाडौ ३१ बैशाख :   मानव जीवन भनेको प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी हो । मानवको रुपमा जन्मिएपछि धेरै कुरामा ख्याल गर्नुपर्छ । हाँसीखुसी बाँच्नु नै हाम्रो जीवनको कला हो । यसका लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ ।

अहिले कोरोनाको कारण सबैको जीवनमा भय र त्रास छाएको छ । यो भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ । त्यसैले यो कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरी नियमति रुपमा सन्तुलित भोजन गर्न सके कोरोना संक्रमणबाट जोगिन ठुलै राहत मिल्नेछ ।

१ विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने ।

२ फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने ।

३ दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने ।

४ माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने ।

५ दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने ।

६ खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने ।

७ खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने ।

८ खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने ।

९ गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने ।

१० सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने ।

११ पर्याप्त मात्रामा सफा पानी पिउने ।

१२ नियमित रूपमा शारीरिक परिश्रम गर्ने ।

१३ परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने ।

१४ पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने ।

१५ मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने ।

१६ शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने ।

१७ शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने ।

१८ गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्न े।

१९ किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने ।

२० ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने ।

उल्लेखित भोजनहरुलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा अन्य धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  १० : २९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना