२०८२, २१ जेष्ठ बुधबार

मदन भण्डारी प्रतिष्ठानमा गुरागाईं र चुडाल नियुक्त

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् । प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाईं र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् । यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए । नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन् ।