२०८३, १४ श्रावण शुक्रबार

८० प्रतिशत युवाले जागिरविहीन रुपमा महिनामा दुई लाखभन्दा बढी कमाउँछन् : शिक्षामन्त्री पन्त

८० प्रतिशत युवाले जागिरविहीन रुपमा महिनामा दुई लाखभन्दा बढी कमाउँछन् : शिक्षामन्त्री पन्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बसोबास गर्ने ८० प्रतिशत युवाहरूले जागिर नखाईकनै घरबाटै मासिक दुई लाख रुपैयाँभन्दा बढी कमाउने दाबी गरेका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीद्वारा आयोजित एसईई पास विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले भने, “अहिलेका युवाहरूले विदेशका विभिन्न कम्पनीहरूबाट अनलाइन माध्यमबाट काम लिएर ल्याप्टपबाट घरमै बसेर काम गरिरहेका छन्। यसबाट देशले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ ।”

उनले यस्ता अनलाइन तथा डिजिटल माध्यमका रोजगारीलाई प्रवर्द्धन गर्न सके यो आम्दानी आठ खर्ब रुपैयाँसम्म पुर्याउन सकिने विश्वास व्यक्त गरे । मन्त्री पन्तले परम्परागत पेशा व्यवसायजस्तै डाक्टर वा इन्जिनियर बन्ने सोचमा मात्र सीमित नभई नयाँ प्रविधियुक्त क्षेत्रमा युवाहरूले करियर बनाउनुपर्नेमा जोड दिए। उनले भने, “डाक्टर वा इन्जिनियर बन्नु नै सफलता होइन, समयअनुसार रोजगारीका नयाँ ढोका खुलेका छन्। त्यसलाई सदुपयोग गर्न सके युवाले घरमै बसेर राम्रो कमाई गर्न सक्छन्।”

त्यस्तै, उनले अभिभावकहरूलाई पनि सन्तानको इच्छा र क्षमता अनुसार मार्गनिर्देशन दिन आग्रह गरे। “छोरा छोरी के बन्न चाहन्छन् भन्ने कुरा बुझेर त्यसैमा सहयोग गर्नुपर्छ। अभिभावकले आफ्नो इच्छाअनुसार जबरजस्ती लाद्न मिल्दैन,” उनले स्पष्ट पारे।

उनको अभिव्यक्तिले डिजिटल प्रविधिको युगमा स्वतन्त्र पेशा (freelancing), सूचना प्रविधि, डिजाइन, कन्टेन्ट क्रिएसन, ब्लगिङ, अनलाइन मार्केटिङ, रेमोट वर्क लगायतका क्षेत्रमा सम्भावना बढ्दो रहेको तथ्यलाई औंल्याएको छ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  २ : ५७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा