२०८३, १४ श्रावण शुक्रबार

एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, विद्यालय शिक्षा विधेयक संशोधनको माग

एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, विद्यालय शिक्षा विधेयक संशोधनको माग


काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग गर्दै नेकपा (एमाले) को पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ । बिहीबार बिहान ११ बजेदेखि सुरु भएको उक्त धर्नामा महासंघका सयौं शिक्षकहरू सहभागी भएका थिए ।

महासंघले प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयक शिक्षक हितविपरीत रहेको भन्दै प्रमुख राजनीतिक दलहरूलाई चरणबद्ध दबाब दिइरहेको छ । यसअघि बुधबार महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । महासंघले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार संसदमा विचाराधीन विधेयक विगतमा भएका सहमति र छलफललाई बेवास्ता गर्दै ल्याइएको छ । “शिक्षकका हकहित, स्थायीत्व, बढुवा, सेवा सुविधा लगायतका विषय समेटिएको छैन,” उनले भने, “हामी विधेयकको यथास्थितिमा विरोध गर्दछौं र तत्काल संशोधनको माग गर्दछौं ।” महासंघले अस्थायी शिक्षकलाई स्थायी नियुक्ति दिने प्रक्रियामा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतियोगिता हुनुपर्ने माग गर्दै आएको छ । तर प्रस्तावित विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा व्यवस्था गरिएको छ ।

यस्तै, स्थायी शिक्षकको आवधिक बढुवा, अस्थायी अवधिको अनुभव गणना, अध्यापन अनुमति पत्रको म्याद थप, विभागीय कारबाही प्रक्रिया लगायतका विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै महासंघले आपत्ति जनाएको छ।

विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको पद तथा सेवा सुविधाको सुनिश्चितता नहुनु, निजी विद्यालयका शिक्षकहरूका लागि अव्यवहारिक सरुवा नीति ल्याइनु, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था लगायतका विषयमा समेत महासंघ असन्तुष्ट देखिएको छ ।

शिक्षण काउन्सिल गठन र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नसमावेश गरिनुले समेत शिक्षक समुदायको आवाज बेवास्ता गरिएको संकेत गर्छ, महासंघले जनाएको छ

महासंघले सरकारसँग संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहेको र माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ९ : ३५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा