२०८३, १ बैशाख बुधबार

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह


काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम तथा विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभामा बोल्दै मन्त्री सिंहले शिक्षा क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तन अपरिहार्य भएको बताए । ‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ । अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ ।’

उनले शिक्षा क्षेत्रलाई समाज परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्दै भने, ‘शिक्षा यस्तो माध्यम हो जसले समाजमा रहेका विकृतिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । यस क्षेत्रमा उचित लगानी गर्न सके समाजलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ ।’ कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : ३० बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको