खोटाङ, २५ असोज नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए.बी.सी.डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ । विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी स्थानीयवासी कृष्णकुमारी हाल जेठी छोरी यामकुमारी र ज्वाइँ कृष्णबहादुर लोहारसँग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ मा बस्नुहुन्छ ।…