२०८३, ५ भाद्र शनिबार

बेथानचोक गाउँपालिकाले सुरु गर्‍यो सामुदायिक विद्यालयको अनुगमन

बेथानचोक गाउँपालिकाले सुरु गर्‍यो सामुदायिक विद्यालयको अनुगमन


धुलिखेल ६ पुस, काभ्रेको बेथानचोक गाउँपालिकाले सामुदायिक विद्यालयको अनुगमन सुरु गरेको छ । पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिना आफै आइतबार देखि विद्यालयको अनुगमनमा हिड्नु भएको छ ।

शिक्षक दरबन्दी मिलानका लागि विद्यालयको अनुगमन सुरु गरिएको हो । अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेको अनुगमन टोलीमा पालिकाको शिक्षा शाखा, शिक्षा क्षेत्रका विज्ञ र जनप्रतिनिधि सहभागी छन । ६ वटा वडा रहेको पालिकाभित्र ३० वटा सामुदायिक विद्यालय छन् । ‘अहिले हामी पालिकाको समग्र शैक्षिक गुणस्तर सुधार्ने गरी लागि परेका छौ, पालिका अध्यक्ष तिमिल्सिनाले भने ‘कुन विद्यालयको अवस्था कस्तो भन्ने कुराको सम्बन्धित ठाउँमा नपुगी अरुले भनेको भरमा मात्रै काम गर्दा पछि समस्या आउन सक्छ, दरबन्दी मिलानको अर्थ बालबालिकालाई टाढा हिडाउनुपर्ने त होइन ।’

बालबालिकाको संख्या र शिक्षकको संख्या बीच तालमेल नहुदाँ पठनपाठनमा समस्या भइरहेको भन्दै स्थलगत अनुगमन सुरु गरिएको र छिट्टै दरबन्दी मिलानको काम हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

बेथानचोक गाउँपालिकाभित्र रहेका माध्यामिक र आधारभूत विद्यालयमा शिक्षक दरबन्दी संख्या निकै कम रहेको तिमिल्सिनाले बताए । ‘पहिले पालिकामा विद्यार्थी संख्या र शिक्षकको संख्या बीच तालमेल मिलिरहेको छैन, त्यसलाई मिलाउन आवश्यक छ, उनले भने ‘अनुगमनका क्रममा शैक्षिक क्षेत्रमा देखिएको अन्य समस्या पनि समाधानका लागि हामी योजना बनाउँछौ, कार्यान्वयनमा ल्याउँछौ ।
अनुगमन टोलीले शिक्षक, विद्यार्थी, अभिभावकलाई समेत भेटेर अहिले भइरहेको समस्या, दरबन्दी मिलान गर्दा आइपर्ने चुनौती र समाधानका बारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २०७६, ६ पुस आईतबार  १२ : १७ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही